वीरगंज, २१ असोज । इरानको उर्मिया शहरमा अक्टोबर ८ देखि ११ तारिखसम्म आयोजना हुने ७औं एसियाली जुर्खानी कुश्ती पहलवानी च्याम्पियनसिपमा नेपालका निखिल पटेल सहभागी हुने भएका छन् । वीरगंज–१७ निवासी ८६ किलोग्राम तौल समूहका पहलवान निखिल पटेलले नेपालबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागीता जनाउने छन् । उनले नेपाली खेलकुद क्षेत्रमा कुश्ती जुर्खानी खेलको प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राख्न प्रयास गर्नेछन। प्रतियोगिता एसियाभरिका जुर्खानी पहलवानी खेलाडीहरूको साझा मञ्च हो, जहाँ शारीरिक बल, अनुशासन र सांस्कृतिक सम्पदाको समन्वय प्रस्तुत गरिन्छ। नेपालबाट पटेलको सहभागीताले यस खेलप्रति बढ्दो चासो र सहभागीताको संकेत गरेको छ। नेपाल जुर्खानी फेडेरेसन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा पटेलको सहभागीता सुनिश्चित गरिएको हो।
Facebook Comments Box