search

चार जेनजी मन्त्रीहरूको नाम टुंगो

पढ्न छुटाउनुभयो ?

काठमाडौं २५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ ।
जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।
प्रधानमन्त्री निकट अर्को एक स्रोतले भने टासीको नाममा प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरिरहेकी छिन् । श्रेष्ठ देशका सम्पदाहरू जोगाउनुपर्ने तर्क अघि राख्दै हिँडेका अभियान्ता हुन् ।\
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads