search

spot_img
spot_img

वीरगंजमा हैजाविरूद्धको खोप अभियान शुरु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज २६ असोज । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हैजाको खोप खाएर औपचारिक रूपमा हैजाविरुद्धको अभियानको शुभारम्भ गरेका छन् । उनले खोप सेवनयोग्य सबै उमेर समूहका व्यक्तिहरूलाई खोप खाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरेका हुन् ।
पर्सा र बारा जिल्लामा डेढ महिनादेखि फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रण गर्न नेपाल सरकारले आइतवारदेखि खोप अभियान देशैभरि शुरू गरेको छ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार, असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने अभियानमा पर्सा जिल्लाका ६ लाख ५४ हजार नागरिकलाई इयूभिकोल–एस खोप दिइने लक्ष्य रहेको छ। यो खोप १ वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिहरूलाई दिइनेछ। खोप अभियानका लागि पर्साका १४ स्थानीय तहमा १,९५० खोप केन्द्र स्थापना गरिएको छ। यी केन्द्रहरू सरकारी तथा निजी अस्पताल, विद्यालय, सरकारी कार्यालय, धार्मिक स्थल, बसपार्क, नेपाल–भारत सीमा नाका, उद्योग–कलकारखानालगायत स्थानमा रहेका छन।
अभियानलाई सफल बनाउन १,५४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३५० जना स्वास्थ्यकर्मी गरी कुल १,८९४ जनशक्ति परिचालन गरिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अभियानले महामारी नियन्त्रणमा निर्णायक भूमिका खेल्ने बताए। उनका अनुसार, खोपले हैजाबाट प्रत्यक्ष सुरक्षा दिने भएकाले महामारी रोकथाममा ठूलो राहत मिल्नेछ।हैजाको संक्रमण अझै सक्रिय, स्रोत पत्ता लाग्न सकेन गत भदौ ६ गते वीरगंजमा पहिलो पटक तीन जनामा हैजाको संक्रमण देखिएको थियो। असोज २१ गतेसम्म पर्सामा २४५ जनामा संक्रमण पुष्टि भए पनि सबै निको भएर घर फर्किसकेका छन।तर संक्रमणको मूल स्रोत अझै पत्ता लाग्न सकेको छैन, यद्यपि अहिलेसम्म हैजाबाट कसैको मृत्यु भएको छैन। अभियानको उदघाटन कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम, चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ता, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, तथा पत्रकार महासंघ पर्साका सचिव विजय चौहान लगायतले पनि खोप लिएर अभियानमा सहभागीता जनाए। डा. गुप्ताले खोपको कुनै साइड इफेक्ट नरहेको र सबैले निर्धक्क सेवन गर्न सक्ने बताए। डा. गौतमले भने तिहारअघि नै सबै लक्षित स्थानीय तहमा अभियान सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए।पर्सासँगै बारा जिल्लामा असोज २९ गतेदेखि हैजा विरूद्धको खोप अभियान शुरू हुने भएको छ। प्रारम्भिक चरणमा बाराका ६ पालिकामा कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर खोप केन्द्रित रूपमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाराले जनाएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

विश्वकप क्रिकेट छनोटः युएईमाथि नेपालको जित

काठमाडौँ, २६ असोजः आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त...

सम्बन्धित खबर

- Advertisement -neelambads