वीरगंज, २७ असोज । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ पर्साले सोमवार वीरगंजमा प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरूङलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय, पर्सामा संघले जाहेरी दिएको हो । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा साह र गुरूड्ढो पनि संलग्नता रहेकाले उनीहरू विरूद्ध कारबाहीको माग गर्दै युवा संघले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको छ । सोमवार मधेस प्रदेशका आठवटै जिल्लामा बालेन र गुरूङसहित जेनजी आन्दोलनका अगुवा र समर्थकहरू विरूद्ध उजुरी दिने कार्यक्रम अन्तर्गत युवा संघ पर्साले उजुरी दिएको अध्यक्ष सुवास साहले बताए । उनले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा तोडफोड, सिंहदरवार, सर्वाेच्च अदालत र विभिन्न प्रहरी कार्यालयमा आगजनी तथा क्षति पु-याउने कार्यमा बालेन र गुरूड्ढो संलग्नता रहेको आरोप लगाए । युवा संघले वीरगंजमा मोटरसाइकल -याली निकालेर शक्ति प्रदर्शन गरेको थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, वीरगंज महानगर इन्चार्ज विचारी यादव, पर्सा अध्यक्ष डा. विश्वम्भर शर्मा, एमाले नेता जालिम मियाँँ, युवा संघका केन्द्रीय सदस्य रवि गुप्तालगायतको सहभागिता थियो ।
Facebook Comments Box