बारा, ५ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले लोकतन्त्र र गणतन्त्र बाँचेमा मात्रै समुन्नत नेपालको कल्पना गर्न सक्ने बताएका छन् ।
बुधवार सिमरामा नेपाल सम्वत ११४६ को अवसरमा सिमरा नेवाः खलले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले जनताको अधिकार सम्पन्न व्यवस्थालाई संस्थागत गरेर अघि बढ्न आवश्यक गरेको बताए ।
गणतन्त्रले नेपालीलाई स्वाभिमानका साथ बाँच्न पाउने वातावरण निर्माण गरेको भन्दै मुख्यमन्त्री सिंहले उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्न नेपाली जनताको काँधमा ठूलो जिम्मेवारी आएको समेत बताए ।
मुख्यमन्त्री सिंहले जेनजी आन्दोलनपछि देश गम्भीर अवस्थामा आएको बताउँदै उक्त आन्दोलनले उठाएको भष्ट्राचारको अन्त्य र सुशासन कायम जस्तो मागमा समर्थन रहेको बताए । उनले उक्त मागको सम्मान गर्ने बताउँदै त्यसलाई गणतन्त्रको फ्रेमभित्र राखेर अघि बढ्न जरूरी रहेको बताएका छन् ।
परिवर्तनकारी पार्टीहरूको गठनबन्धनमा मधेशमा नयाँ सरको बनेको बताउँदै मुख्यमन्त्री सिंहले जनताले पाउने सुविधा छिटो छरितो बनाउन सरकार लागिसकेको बताए । वर्तमान सरकारले भष्ट्राचारविरूद्ध शूण्य सहनशिलताको नीति लिएर अघि बढेको उनको भनाई थियो ।
यसैबीच बुधवार सिमरास्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले बुधवार बधाई ज्ञापन गरेको छ । मुख्यमन्त्रीलाई सम्मान गर्दै समितिले पर्यटन प्रवद्र्धनका लागि निर्माणाधीन पार्कमा बजेट विनियोजन गर्न समेत माग गरेको थियो । मुख्यमन्त्री सिंहले जीतपुरसिमरा २ स्थित छठघाटको समेत अवलोकन गरेका छन् ।

Facebook Comments Box