search

श्रीसियामा प्रदूषण फैलाएको भन्दै कर्मचारीलाई कालोमोसो

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ कात्तिक/ श्रीर्सिया नदी प्रदूषण गरेको भन्दै वीरगंज महानगरपालिका–३२, चोर्नी स्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि.मा स्थानीयले विरोध गर्दै एक कर्मचारीलाई कालो मोसो दलेका छन् । स्थानीयहरूको समूहले कम्पनी परिसरमा प्रवेश गरी प्रशासन शाखाका कर्मचारी काशीनाथ तिवारीमाथि दुव्र्यवहार गर्दै कालो मोसो दलेको प्रहरीले पुष्टि गरेको छ । स्थानीयवासीका अनुसार, कम्पनीबाट उत्पादन हुने ‘म्याक्सोल ल्युब्रिकेन्ट’को रासायनिक फोहोर बिना प्रशोधन सिधै नजिकैको नदीमा फ्यालिँदै आएको र यसका कारण सिर्सिया नदी प्रदूषित हुँदै गएपछि स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको आरोप छ। छठ पर्वको तयारी चलिरहेका बेला नदीको पानी फोहोर हुँदा व्रतालुहरूलाई स्नान र पूजा गर्न कठिनाइ भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका थिए । स्थानीयहरूले विगत एक सातादेखि उद्योगबाट निस्कने फोहर रोक्न वा उद्योग नै बन्द गर्न माग गर्दै आएका थिए। तर माग बेवास्ता भएपछि शुक्रवार करिब ३०–४० जनाको समूह कम्पनीभित्र प्रवेश गरी हल्ला–हुल्लड र तोडफोड प्रयास गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीको टोली घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Facebook Comments Box

ताजा खबर

महानगरपालिकालाई २ थान कम्प्युटर सेट सहयोग

वीरगंज, २० कात्तिक । वीरगंज महानगरपालिकालाई पुनः सहज रूपमा सञ्चालनमा ल्याउन सहयोगी हातहरूबाट सहयोग प्राप्त हुने क्रम जारी छ...

सम्बन्धित खबर

- Advertisement -neelambads