search

‘मिथिलाको विवाह परम्परा’ पुस्तक विमोचन

पढ्न छुटाउनुभयो ?

वीरगंज ८ कात्तिक । चंचला राजद्वारा लिखित ‘मिथिलाको विवाह परम्परा’ पुस्तकको शनिवार होटल कुमु प्यालेसमा विमोचन गरिएको छ । पूर्वमन्त्री लक्ष्मण लाल कर्णले पुस्तकको विमोचन गर्दै मिथिला संस्कृति, रीतिरिवाज र परम्परागत मूल्यहरू संरक्षणमा यस पुस्तकले महŒवपूर्ण योगदान पु¥याउने बताए । वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठ, मधेश विश्व विद्यालयका उपकुलपति एवं समाजसेवी दीपक शाक्य, समाजसेवी महेश दास, उषा शाह, मधु राणा, र शिक्षिका अनिता साहलगायतले लेखिका चंचला राजको प्रयासको प्रशंसा गर्दै मिथिला समाजको सांस्कृतिक दस्तावेजीकरणमा यस पुस्तकले नयाँ दिशा दिने बताए । कार्यक्रममा डा. अशोक दास, धु्रव सिंह ठकुरीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन पंकज दासले गरेका थिए। लेखिका चंचला राजले मिथिलाको परम्परागत विवाह संस्कारलाई नजिकबाट अध्ययन गरेर भावी पुस्ताका लागि सजीव दस्तावेजको रूपमा प्रस्तुत गर्न चाहेको बताइन।
Facebook Comments Box

ताजा खबर

नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ २१ कात्तिक । हङकङ सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads