search

छठ व्रतालु महिलाहरुलाई पूजासामग्री र साडी वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज ८ कात्तिक । वीरगंज कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई छठ पूजाका लागि आवश्यक सामग्री र साडी वितरण गरिएको छ।
रूङ्गटा वेलफेयर सोसाइटी र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा महिला कैदीहरूलाई ८० थान साडी वितरण गरिएको थियो ।
ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, रूङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष मुरलीधर रूङ्गटा, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलगायतले साडी र पूजा सामग्री हस्तान्तरण गरेका थिए। यसैगरी जनमत पार्टी वीरगंज महानगरपालिका वडा नं. ८ वडा इकाई समितिको आयोजनामा शुभकामना आदानप्रदान तथा सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा ३१ जना ब्रतालु महिलाहरूलाई साडी, नरिवल र पूजाका सामग्रीहरू वितरण गरिएको जनमत पार्टीले जानकारी दिएको छ। कार्यक्रममा जनमत पार्टी जिल्ला अध्यक्ष ओमप्रकाश सरार्पm, केन्द्रीय सदस्य बिध्यालाल प्रसाद र श्याम गुप्ता, जिल्ला सदस्य कंचन गुप्ता लगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ २१ कात्तिक । हङकङ सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads