search

टयांकरको ठक्करबाट लोप्चनको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ कात्तिक । ठोरी गाउँँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ठोरी गापा–५ ठुलो बाघमोर्चाका फुर्बा लोप्चनको ट्यांकरको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। शनिवार राति ९ बजेतिर लोप्चन मोटरसाइकलमा ठोरी–४, आठघरबाट आफ्नो गाउँँ ठोरी–५, ठूलो बाघमोर्चा फर्किदै गरेकाको अवस्थामा ना ७ ख २१७८ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएर फरार भएको ठोरी–५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले जनाएका छन् । दुर्घटनापछि फरार भएको उक्त ट्यांकरलाई इलाका प्रहरी कार्यालय ठोरीले नियन्त्रणमा लिएको विजयवस्ती प्रहरी चौकीले जानकारी दिएको छ। घटनापछि मृतक लोप्चनको शव नारायणी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads