बीरगंज , कार्तिक — २१ हिमालयन बैंकका ग्राहकहरू पछिल्ला दुई सातादेखि डिजिटल बैंकिङ सेवाबाट वञ्चित भएका छन् । प्रणाली अद्यावधिक गर्ने क्रममा बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र क्यूआर पेमेंटजस्ता सेवा अवरुद्ध भएपछि हजारौं उपभोक्ताले असुविधा भोगिरहेका छन् ।
बैंकले ‘नयाँ र सुरक्षित प्रणाली’ लागू गर्न सेवा तात्कालिक रूपमा बन्द गरिएको जनाएको छ । तर, करिब पन्ध्र दिन बितिसक्दा पनि डिजिटल कारोबार पूर्ण रूपमा सञ्चालनमा नआएपछि ग्राहक आक्रोशित बनेका छन् ।
उपभोक्ताहरूले नयाँ मोबाइल एप डाउनलोड गरे पनि लगइन र लेनदेनमा समस्या आइरहेको बताएका छन् ।
बैंकले प्रणाली परीक्षण चरणमा रहेको र छिट्टै नियमित सेवा पुनः सञ्चालनमा आउने जनाएको छ । तर, लामो समयसम्म अवरोध जारी रहँदा ग्राहकहरूले सामाजिक सञ्जालमार्फत बैंकप्रति असन्तोष व्यक्त गरेका छन् ।

Facebook Comments Box