वीरगंज , कार्तिक – २६
पर्सा जिल्लामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी १ हजार ६९७ उजुरी मेलमिलापमार्फत टुंग्याइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, जिल्लाभरमा मिटरब्याजसम्बन्धी २ हजार ३६७ उजुरी परेका थिए। तीमध्ये १ हजार ६९७ उजुरी मेलमिलापमार्फत टुंगो लगाइएको र ६ सय ३५ उजुरी फछ्र्योट हुन बाँकी रहेको उनले जानकारी दिए।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले भने, “१ लाखको ऋण दिएर ३ लाखसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन। वास्तविक मिटरब्याज पीडितले अझै न्याय पाउन सकेका छैनन्।”
त्यस्तै, पोखरिया नगरपालिकाका कन्हैया प्रसाद यादवले पाँच वर्षअघि १ लाख १० हजार रुपैयाँ ऋण लिँदा साहुकार जोगिन्दर राउत कुर्मीले ३ लाख ३० हजार रुपैयाँको तमसुक बनाएको आरोप लगाए। उनले भने, “सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ।”
प्रवक्ता बस्नेतका अनुसार, हालसम्म मेलमिलापमार्फत २९ करोड १२ लाख ८५ हजार ५ सय ९७ रुपैयाँ बराबरको बिगो फिर्ता गराइएको छ। साथै, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा पीडितको नाममा फिर्ता भएको उनले जानकारी दिए।

Facebook Comments Box