वीरगंज , कार्तिक – २८
जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले सर्वोच्च अदालतमा थुनामुक्ति माग गर्दै ७३ निवेदन दायर गरेका छन् । उनका निवेदनमाथि न्यायाधीशद्धय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासमा शुक्रबार पेशी तोकिएको छ।
अहिराजलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो र यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए ।
उच्च अदालतले साउन १२ मा जिल्ला अदालतको आदेश सदर गरेको थियो ।
उनीविरुद्ध ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको आरोप लागेका थियो। अहिराजले आफूविरुद्ध जाहेरी दिने युवतीविरुद्ध पनि मुद्दा दायर गरेका छन् ।

Facebook Comments Box