जनकपुर , कार्तिक — २८
एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधान मिचेर मुख्यमन्त्री नियुक्त गरेको विरोधमा सात दलका नेता–कार्यकर्ता शुक्रबार मधेश भवन अगाडिका सडकमा धर्नामा बसेका छन् । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले धारा १६८(३) बमोजिम यादवलाई बर्दिबासको होटलमा शपथ ग्रहण गराएकामा सात दल असन्तुष्ट छन् । सात दलले लगातार सडकमा विरोध प्रदर्शन गर्दै आएका छन्। यता, पद अनुकूल आचारण नगरेका कारण सभामुख विरुद्ध प्रस्ताव दर्ता भएपछि लगातार १० बैठकमा अनुपस्थित रहेका ५ सांसदलाई पदमुक्त गरिएकामा पनि उनीहरुले आपत्ति जनाएका छन् । पदमुक्त सांसदहरूले जनकपुरस्थित प्रदेशसभा सचिवालयमा पुगेर हाजिरी रेकर्ड माग गरेका छन्।

Facebook Comments Box