search

बिहारमा सुशासन र विकासका विजयी भएको प्रधानमन्त्री मोदीको प्रतिक्रिया 

पढ्न छुटाउनुभयो ?

बिहार , कार्तिक – २८
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधान सभा चुनाव–२०२५ मा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले हासिल गरेको ऐतिहासिक विजय ‘सुशासन, विकास र जन–कल्याणको भावना’ को जित भएको टिप्पणी गरेका छन्। चुनाव परिणाम सार्वजनिक भएपछि मोदीले बिहारका जनताप्रति आभार व्यक्त गर्दै विशाल जनमतले आफूहरूलाई अझ बढी जिम्मेवारीका साथ काम गर्न प्रेरित गरेको बताएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “सुशासनको जित भएको छ, विकासको जित भएको छ, जन–कल्याणको भावना विजयी भएको छ। सामाजिक न्यायको जित भएको छ।” उनीका अनुसार एनडीएले विगतमा गरेको चौतर्फी विकास, प्रस्तुत कार्य–दर्श (ट्र्याक रेकर्ड) र आगामी वर्षहरूका लागि अघि सारेको दृष्टिकोणको आधारमा जनता गठबन्धनसँग एकढिक्का भएर उभिएको परिणामस्वरूप अभूतपूर्व विजय सम्भव भएको हो। मोदीले मुख्यमन्त्री नीतीश कुमार, चिराग पासवान, जीतन राम मांझी र उपेन्द्र कुशवाहालगायत एनडीए नेतृत्वलाई बधाइ दिएका छन्। उनले विधान सभा चुनावमा सक्रिय प्रत्येक कार्यकर्ताको भूमिका र परिश्रमको प्रशंसा गर्दै जनतामाझ विकासका एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम भएका उल्लेख गरेका छन् । आगामी दिनमा बिहारको आर्थिक विकास, पूर्वाधार निर्माण, संस्कृतिको पहिचान अभिवृद्धि तथा युवाहरू र महिलाहरूलाई व्यापक अवसर प्रदान गर्न केन्द्र सरकार र राज्य सरकार मिलेर काम गर्ने मोदीले प्रतिबद्धता जनाएका छन् । उक्त परिणामसँगै बिहारमा आगामी राजनीतिक दिशा र सरकारका विकास कार्यक्रमबारे व्यापक चर्चा सुरु भएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads