अराजक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईँ पक्राउ

1200x150_1200x150-01.jpg (1)
वीरगंज , मंसिर – २
अभियन्ता दुर्गा प्रसाईँलाई प्रहरीले सोमबार मध्यरात भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीमाथि अराजक प्रकारका अभिव्यक्ति दिँदै हिंसा भड्काउने प्रयास गरेको आरोपमा पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
प्रसाईँले ‘मातृभूमि बचाउ’ अभियानमार्फत आगामी मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेका थिए। पछिल्ला दिनमा उनले विभिन्न सम्बोधन तथा भिडियोमार्फत विवादास्पद र उत्तेजनात्मक अभिव्यक्ति दिँदै देशमा अस्थिरता निम्त्याउने प्रयास गरेको आरोप प्रहरीको छ।
यसअघि १५ चैतमा भएको हिंसात्मक आन्दोलनका क्रममा पक्राउ परेका प्रसाईँ अदालतको आदेशपछि छुटेका थिए। राजावादी अभियान चलाउँदै आएका उनले बैंक ऋण मिनाहा लगायत माग राख्दै ठूलो आन्दोलनको तयारी गर्दै आएको खुलेपछि सुरक्षा निकाय सतर्क थियो।
प्रसाईँलाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौंमा ल्याइएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः