रक्सौलमा चरेससहित दुईजना पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक ८ –

भारत, रक्सौलमा चरेससहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको बिहारस्थित रक्सौल प्रहरीले विशेष सुराकीको आधारमा छापा मार्ने क्रममा १.८६ ग्राम चरेस र एउटा चारपाङ्ग्रे सवारी साधनसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रक्सौल मौजेका रमेश प्रसाद र पालनवा थाना क्षेत्र अन्तर्गत बहुअर्वा गाउँका सन्दीप कुमार रहेका छन । घटनाबारे जानकारी दिँदै एसडीपीओ मनिष आनन्दले गोरखपुरबाट नेपालतर्फ स्म्याक लैजाँदै गरेको भन्ने सूचनाको आधारमा लक्ष्मीपुरबाट उनीहरूलाई रङ्गेहात पक्राउ गरिएको बताएका छन।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यस अवैध कारोवारमा भारत र नेपालका धेरै व्यक्तिहरूको संलग्नता हुन सक्ने आशङ्का गरिएको छ। पक्राउ परेकाहरूको मोबाइल नम्बर ट्रयाक गरी उनीहरूले चरिस नेपालमा कसलाई र कहाँ बुझाउन लागेका थिए भन्ने वारेमा थप अनुसन्धान भइरहेको छ। यस क्रममा थाना इन्चार्ज रमेश महतोको पनि उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः