‘अर्नब’ चक्रवातको प्रभाव : शनिबारसम्म भारी वर्षा र हिमपातको सम्भावना

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक १२ —

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा आजदेखि शनिबारसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बेलुकीदेखि वर्षाको क्रम बढ्ने र शुक्रबार तथा शनिबार केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ। आइतबारदेखि भने मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा, असिना र हिमपात हुन सक्ने जनाइएको छ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने भएकाले भारतमा जस्तो तीव्र हावाहुरी चल्ने सम्भावना कम छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै मौसमविद्हरूले शनिबारसम्म धान नकाट्न, उच्च हिमाली क्षेत्रमा नजान तथा अत्यावश्यकबाहेक यात्रा नगर्न सुझाव दिएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः