मधेश कृषि विश्वविद्यालय र पिस कोर नेपालबीच सम्झौता

1200x150_1200x150-01.jpg (1)

राजविराज , कार्तिक १२ —

मधेश प्रदेशमा कृषि अनुसन्धान, पर्यटन, सूचना प्रविधि तथा आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय र पिस कोर नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

राजविराजमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति वैद्यनाथ महतो र पिस कोर नेपालका राष्ट्रिय निर्देशक डा. किम्याह नजिउल्लाहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले कृषि अनुसन्धानलाई व्यवहारमा उतार्दै आधुनिक प्रविधि किसानको खेतबारीसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

उनले जलवायु परिवर्तनअनुकूल कृषि प्रणाली, बाली विविधीकरण, पशुपालन, मत्स्य विकास र खाद्य सुरक्षाका क्षेत्रमा व्यावहारिक अनुसन्धान विस्तार गर्नुपर्ने बताए।

अर्थमन्त्री भट्टराईले सम्झौता कागजमा मात्र सीमित नभई कृषि उत्पादन वृद्धि, किसानको आयआर्जन सुधार तथा युवाहरूका लागि कृषि उद्यमशीलताका अवसर सिर्जना गर्ने गरी कार्यान्वयन हुनुपर्ने धारणा राखे।

यस सहकार्यबाट विश्वविद्यालयको अनुसन्धान क्षमता र पिस कोर नेपालको अनुभव उपयोग गर्दै मधेस प्रदेशको कृषि आधुनिकीकरण तथा आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः