पर्सा , कार्तिक १२ —
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज तथा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।
त्रिवि क्रिकेट मैदानमा जनकपुर र काठमाडौंबीचको पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो भने जनकपुर यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो।
त्यस्तै, साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुनेछ। विराटनगर आफ्नो अघिल्लो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।
आजको खेलमा जनकपुर र विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रिनेछन्।






