धोबिनी हत्या प्रकरण : २१ वर्षीय युवकसहित तीन जना थुनामा

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक १२ —

पर्साको धोबिनी गाउँपालिका–५ मा ६२ वर्षीया लखरजिया देवीको हत्या गरी नगद तथा गरगहना लुटेको आरोपमा पक्राउ परेका तीन जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

अदालतले थुनछेक बहसपछि धोबिनी–५ निवासी २१ वर्षीय चन्दनकुमार पटेलसहित १७ र १५ वर्षका दुई बालकका सम्बन्धमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

गत असोज ५ गते बिहान करिब ८ बजे लखरजिया देवी आफ्नै घरको दोस्रो तलाको कोठामा मृत फेला परेकी थिइन्।

प्रहरी अनुसन्धानअनुसार आरोपितहरू असोज ४ गते राति चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेका थिए। बाकसको ताला फुटाउने क्रममा आवाज सुनेर माथि पुगेकी वृद्धाले उनीहरूलाई देखेपछि हत्या गरी नगद तथा गरगहना लुटेर फरार भएको प्रहरीको आरोप छ।

मुद्दामा जाहेरवालाका तर्फबाट जिल्ला सरकारी न्यायाधिवक्ता आनन्द न्यौपाने तथा अधिवक्ताहरू केसी लामिछाने, आकाश महतो, औरन्जेब अहमद र मेराज अन्सारीले बहस गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूविरुद्ध अदालतमा मुद्दाको थप प्रक्रिया अघि बढ्नेछ।

भर्खरै

सम्बन्धित पोस्टहरुः