जसपा नेपालको शपथग्रहण तथा पहिलो कार्यकारिणी बैठक

1200x150_1200x150-01.jpg (1)

जनकपुर , कार्तिक १२ —

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले पार्टी समायोजनपछि प्रदेश पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम आयोजना गरेको छ।

जनकपुरस्थित पार्टीको प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा शपथग्रहणसँगै प्रदेश समितिको प्रथम कार्यकारिणी बैठकसमेत आयोजना गरिएको हो।

कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय लालबाबु राउत गद्दी र जितेन्द्र सोनललगायतका नेताहरू सहभागी भएका छन्।

पार्टी समायोजनपछि आयोजित कार्यक्रमलाई मधेस प्रदेशमा संगठनात्मक संरचना व्यवस्थित गर्ने तथा आगामी राजनीतिक गतिविधि र रणनीतिबारे छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः