जनकपुर बोल्ट्सको पहिलो जित, काठमाण्डौ ८ विकेटले पराजित

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक १२ —

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले काठमाण्डौ गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।

काठमाण्डौले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरका मोइन अलीले अविजित ५८ र सैफ हसनले अविजित ४० रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौ १९ ओभर ३ बलमा ११५ रनमै समेटिएको थियो । उसका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । जनकपुरका राहुल यादवले ४ विकेट लिए ।

पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले हारेको जनकपुरले दोस्रो खेलमा जितको खाता खोलेको हो । काठमाण्डौले भने प्रतियोगितामा पहिलो खेल खेलेको हो ।

आजको दोस्रो खेलमा विराटनगर किङ्ग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । खेल बेलुका ५ बजे सुरु हुनेछ । आठ टोली सहभागी एनपीएल मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः