विजयसँगको सम्बन्धबारे आलोचना भएपछि रश्मिकाको जवाफ

1200x150_1200x150-01.jpg (1)

एजेन्सी , कार्तिक १२ —

दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले अभिनेता तथा पति विजय देवरकोण्डासँगको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा भइरहेको आलोचना र ट्रोलिङप्रति असन्तुष्टि जनाएकी छन्।

टेलिभिजन कार्यक्रम ‘कफी विथ करण’मा विवाहसम्बन्धी गरिएको कुराकानी सार्वजनिक भएपछि विजयको व्यवहारमाथि प्रश्न उठेको थियो। कार्यक्रममा रश्मिकाले विवाहका लागि आफूले विजयलाई प्रस्ताव गरेको र विजयले विवाहबारे सयपटक सोध्नुपर्ने सर्त राखेको बताएकी थिइन्।

उक्त अभिव्यक्तिपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले विजयको आलोचना गर्दै रश्मिकालाई सम्बन्धबाट बाहिरिन सुझाव दिएका थिए।

आलोचनाको जवाफ दिँदै रश्मिकाले आफूहरूको सम्बन्ध आपसी समझदारी र प्रेममा आधारित रहेको स्पष्ट पारेकी छन्। विवाहजस्तो महत्त्वपूर्ण निर्णय गर्न एकअर्कालाई पर्याप्त समय दिएको उनको भनाइ छ।

उनले कसैको व्यक्तिगत जीवन र पारिवारिक सम्बन्ध नबुझी टिप्पणी गर्नु नारीवाद नभई त्यसको नाममा गरिने दुर्व्यवहार भएको बताएकी छन्।

रश्मिकाले विजयसँग आफू खुसी रहेको उल्लेख गर्दै फेरि जीवनसाथी रोज्नुपरे पनि विजयलाई नै रोज्ने बताएकी छन्। विजयले पनि सामाजिक सञ्जालमार्फत रश्मिकासँगको सम्बन्धप्रति खुसी व्यक्त गरेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः