वीरगंजमा ठूला नाला र ढल सफाइ अभियान पुनः सुरु

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक १२ —

वीरगंज महानगरपालिकाले सहरका ठूला नाला तथा ढलको सफाइ अभियान पुनः सुरु गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशन तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको समन्वयमा बुधबारदेखि सफाइ अभियान थालिएको हो।

वर्षाको पानीको निकास सहज बनाउन, नालामा जमेको फोहोर हटाउन तथा सहरलाई सफा र दुर्गन्धमुक्त राख्न डुङ्गाको सहायताले महानगरका सरसफाइ कर्मचारीहरू परिचालन गरिएको छ।

मेयर सिंहले वीरगंजलाई सफा, सुन्दर र व्यवस्थित बनाउनु सबैको साझा जिम्मेवारी भएको बताउँदै सरसफाइ अभियानमा स्थानीय संघसंस्था, प्रहरी प्रशासन र नगरवासीको सहकार्य आवश्यक रहेको बताए।

अभियानको पहिलो दिन जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानलगायतको उपस्थिति रहेको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः