प्रधानमन्त्री बालेनको भारत भ्रमणमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन तयारी

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम , कार्तिक १३ —

जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ । प्रधानमन्त्री शाहले मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ ।

रामायण सर्किटअन्तर्गत सञ्चालन हुने रेल सेवाका लागि केही दिनअघि दुवै देशका अधिकारीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेका थिए । नेपालतर्फ नेपाली र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

जनकपुरधाम र अयोध्यालाई प्रत्यक्ष रेल सेवाले जोड्दा दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्याबीच आवागमन सहज हुँदा तीर्थयात्री तथा पर्यटकको सङ्ख्या बढ्ने विश्वास गरिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताएका छन् ।

विशेष रेल सेवाले धार्मिक पर्यटनसँगै दुवै क्षेत्रको स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः