कोल्हवीमा सालको गोलिया काठसहित चार साइकल बरामद

1200x150_1200x150-01.jpg (1)

बारा , कार्तिक १३ —

बाराको कोल्हवी नगरपालिका–स्थित बालुवा गाउँको उत्तरी क्षेत्रबाट वन कर्मचारीले सालको चार थान गोलिया काठ र चार थान साइकल बरामद गरेका छन् ।

मधुवन सबडिभिजन वन कार्यालय, नयाँबस्तीबाट खटिएको टोलीले राति करिब २ बजे जंगलमा निगरानी गर्ने क्रममा काठ तस्करी भइरहेको अवस्थामा उक्त सामग्री बरामद गरेको डिभिजनल वन अधिकृत सुजितकुमार झाले जानकारी दिए ।

वन कर्मचारीलाई देखेपछि काठ तस्करीमा संलग्न व्यक्तिहरू काठ र साइकल छाडेर फरार भएका थिए । अँध्यारोको फाइदा उठाउँदै उनीहरू भाग्न सफल भएको जनाइएको छ ।

सबडिभिजन वन कार्यालयका रेञ्जर उदय पुडासैनीका अनुसार बरामद काठको परिमाण २१.४१ क्युफिट रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको खोजी जारी रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः