search

कृषि उत्पादनमा मधेस आत्मनिर्भर बन्छ –मन्त्री क्षत्री

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ साउन/ मधेस प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षत्रीले मधेस प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाएर कृषि क्षेत्रमा सातवटै प्रदेशमध्ये नमूना बनाउने बताएका छन्। मधेस प्रदेश सरकारमा पहिलोपटक मन्त्री बनेका क्षत्रीको स्वागत एवं सम्मानमा नेपाली काङ्ग्रेस, पर्साले पार्टी कार्यालयमा शनिवार आयोजना गरेको कार्यक्रममा मन्त्री क्षत्रीले मन्त्रालयका सचिव तथा निर्देशकहरूलाई कृषिमा क्रान्ति ल्याउनका लागि नयाँ योजनाहरू बनाउन निर्देशन दिएको बताए। उनले आफ्नो कार्यकालमा मधेस प्रदेशलाई कृषिमा सातवटै प्रदेशमध्ये नमूना प्रदेशको रूपमा विकसित गर्ने बताए। उनले कृषिमा मधेस प्रदेशलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजनाहरू ल्याउने पनि बताए। नेका, पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले मधेसी जनताको सेवा गर्न नेकालाई अवसर पाएको र यो अवसरको बढीभन्दा बढी सदुपयोग गर्न आग्रह गरे। कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, अशोक गुप्ता, दिनेश चौधरी, नवीन सिंह, मदन यादवलगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण उपप्रमुख इम्तियाज आलमले गरेका थिए।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads