search

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज, १० पुसः सङ्घीय मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
यहाँस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय ग्रामीण भेगका सेवाग्राहीका निम्ति अपायक भएकाले सरकारले पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाको निर्णय गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सामाजिक सञ्जालमार्फत दुई कार्यालय स्थापनाबारे भएको निर्णय सार्वजनिक गर्दै “यो महत्त्वपूर्ण कदमले पोखरियालगायत ग्रामीण भेगमा बसोबास गर्ने सम्पूर्ण गाउँवासीलाई सरकारी सेवामा सहज पहुँच पुर्याउन ठूलो सहयोग पुग्ने मेरो विश्वास छ”, भन्नुभएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले पनि मन्त्रिपरिषद् बैठकले पर्सामा जनसङ्ख्याको चाप, सेवाको अवस्था एवं लागतलाई विश्लेषण गरेर सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन पोखरियामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय भएको सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
Facebook Comments Box

ताजा खबर

जसपा नेपालद्वारा प्रधानमन्त्रीलाई २८ बुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

वीरगंज , मंसिर - १० जनता समाजवादी पार्टी (जसपा) नेपालले देशव्यापी अभियान अन्तर्गत आज रौतहटमा २८ बुँदे मागसहित प्रधानमन्त्रीलाई विस्तृत...

सम्बन्धित खबर

- Advertisement -neelambads