search

spot_img
spot_img

प्रसौनीको १६औं हिउँदे अधिवेशन सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ माघ/ प्रसौनी गाउँपालिकाको १६औं हिउँदे अधिवेशन तथा गाउँसभा सम्पन्न भएको छ । चालू आव २०८१/८२ मा गर्नुपर्ने योजनाहरूमा विभिन्न जटिलता र विवादले गर्दा ती योजना हुन नसकेको अवस्थामा ती योजनाका रकम रकमान्तर गरी अन्य योजनामा संशोधन गरी खर्च गर्ने प्रस्तावहरूसमेत पारित भएको छ । प्रसौनी गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभामा प्रसौनी गापाका अध्यक्ष विनोदप्रसाद जयसवालले बारा जिल्लामा प्रसौनी गापाले थोरै तर ठूला बजेटका योजनाहरू सञ्चालन गरेको बताए । बारामा १६ वटा स्थानीय तहमध्ये कुनै पालिकामा पाँच करोडको योजना सञ्चालन नभएको तर प्रसौनी गापामा यसै वर्ष पाँच करोडभन्दा बढीका चार/चार वटा योजना सञ्चालन भइरहेकाले गुणस्तरीय विकासलाई मध्यनजर गर्दै कार्य भइरहेको जानकारी दिए । उनले पाँच करोडभन्दा बढीका योजनामा प्रसौनी बजारमा निर्माण भइरहेको रु सात करोड बजेटको पार्टी प्यालेस निर्माण, नौतन पोखरी सौन्दर्यीकरण गर्न १२ करोडको योजना, सोहरी पोखरी सौन्दर्यीकरण गर्न नौ करोडको योजनामा पिकनिक स्पट बनाइ आन्तरिक पर्यापर्यटनलाई बढावा दिने गापाको नीति रहेको उनले जानकारी गराए । गापा अध्यक्ष जयसवालको अध्यक्षता एवं स्वास्थ्य शाखा प्रमुख सुरेश साहको सहजीकरणमा भएको १६औं हिउँदे अधिवेशनमा स्वागत मन्तव्य सो गापाका प्रमुख प्रशासकीय अधिकृत सुमीतकुमार सिंहले गरेका थिए भने वडा नं २ का सदस्य लालबाबू यादव, वडा नं ६ का अध्यक्ष बृजकिशोर कुशवाहा, वडा नं ७ का अध्यक्ष इस्लाम मियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गापा उपाध्यक्ष किरण देवी, १ नं वडाका अध्यक्ष लालबाबू मुखिया बिन एवं अन्य वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य, सर्वसाधारण, बुद्धिजीवी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

विश्व स्तनपान सप्ताहको अवसरमा नेशनल मेडिकल कलेजमा विभिन्न कार्यक्रम

वीरगंज, २२ साउन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजले विश्व स्तनपान सप्ताह २०८२ विशेष कार्यक्रम भव्य रूपमा...

सम्बन्धित खबर

- Advertisement -neelambads