वीरगंज, २६ माघ । पर्सागढी नगरपालिका र सखुवापरसौनी गाउँपालिकाको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय, पर्साको सहकार्यमा एक दिने अन्तत्र्रिmया कार्यक्रम पर्सागढीमा सम्पन्न भएको छ ।
सेवा प्रवाह र सुशासन विषयक उक्त अन्तत्र्रिmया कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयबाट प्रवाह हुने सेवासुविधा छिटोछरितो र प्रभावकारी किसिमले उपलब्ध गराउने विषयमा चर्चा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, पर्साका सभापति निरञ्जनसाह सोनारले वीरगंज भन्सारको पुरानो भवनबाट न्यूनतम दुई तीन लाखसम्म सामान भिœयाउँदा भन्सार महसूल काटेर भिœयाउन दिनुपर्ने माग गरे । उनले वीरगंज भन्सारको मुख्य सञ्चालन हुने आइसिपी कार्यालयबाट मालसामान भिœयाउँदा जाँचपास हुने गरेकोले यो पुरानो नाकाबाट मालसामान भिœयाउँदा राजस्व काट्ने सुविधा नहुँदा जनता मारमा परेकोसमेत उनले बताए ।
उनले वीरगंज–रक्सौल नाकाबाट लागू औषध ओसारपसारमा बालबालिका र किशोरकिशोरीहरूको प्रयोग हुने हुँदा त्यसलाई पनि प्रशासनले गम्भीरतापूर्वक हेर्नुपर्ने बताए ।
लागू औषधको ट्रान्जिटको रूपमा चिनिने रक्सौल–वीरगंज नाकामा खेपको केही रकम किशोरकिशोरीलाई दिएर ठूलो परिमाणमा लागू औषध भिœयाइने गरेको हुँदा यसलाई सुरक्ष्Fा निकायले एकजुट भएर नियन्त्रण गर्न उनले जोड दिए । साथै सङ्घीय सरकारी कार्यालयहरूको छडके अनुगमनसमेत पर्साका प्रजिअलगायत सुरक्ष्Fा निकायहरूलाई आग्रह गरेका थिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जनताको काम गर्न कर्मचारीहरूले सेवकीय संस्कार विकसित गर्न आग्रह गर्दै पर्साका सरकारी कार्यालयबाट हुने सेवा प्रवाहमा सुधार हुनुपर्ने आवश्यकतामा जोड दिए ।
उनले जनतालाई झुलाउने, भुलाउने, झन्झट दिने, दुःख दिनेजस्ता रवैया अन्त्य गर्नसमेत सुझाव दिए ।
पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सखुवापरसौनी गापाका अध्यक्ष यशवन्त यादव, पर्सागढीकी उपप्रमुख पूजा चौधरी, सखुवापरसौनीकी उपाध्यक्ष शर्मिला विष्ट, पर्साका सहायक प्रजिअद्वय निशान्तराज गौतम, सुमन कार्की, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, मालपोत कार्यालय, पर्साका प्रमुख अशोक भट्ट, भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद, पर्सागढीका प्रमुख प्रशासकीय अधिकृत हरिकिशोरप्रसाद चन्द्रवंशी, नापी कार्यालय पर्साका नापी अधिकृत राजकुमार विश्वकर्मा, डिभिजन वन कार्यालय, पर्साका प्रमुख मन्जुर अहमद, नारायणी अस्पतालका मेसु डा चुमनलाल दास, सखुवापरसौनीका प्रमुख प्रशासकीय अधिकृत रामबाबू कुशवाहालगायतको सहभागिता थियो ।

Facebook Comments Box