search

spot_img
spot_img

चैनपुर प्रिमियर लिगमा रामपुर वारियर र शिवपुर टाइगर विजयी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ माघ । बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरमा आयोजित चैनपुर प्रिमियर लिग (सिपिएल)मा आज दुईवटा खेल सम्पन्न भएको छ ।
पहिलो खेलमा रामटोल वारियरले एक विकेटले जीत निकालेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको आरसिसी (रोयल च्यालेन्जर चैनपुर)ले निर्धारित १६ ओभरमा १० विकेटको क्षतिमा ८९ रन बनाएको थियो । ९० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको रामपुर वारियरले १५.१ ओभरमा एक विकेटको क्षतिमा उक्त लक्ष्य भेट्यो । प्रतियोगिताको म्यान अफ दि म्याच रामपुर वारियरका सुरज चौरसिया घोषित भए ।
त्यसैगरी बिर्ता राइडर्स र शिवपुर टाइगर्सबीच भएको खेलमा टाइगरले पाँच विकेटले जीत हासिल गरेको छ । राइडर्सले १६ ओभरमा १० विकेटको क्षतिमा ९१ रन बनाउँदा टाइगरले १४ ओभरमा ५ विकेटको क्षतिमा ९२ रन बनाएर लक्ष्य भेटेको थियो । उक्त प्रतियोगिताको म्यान अफ दि म्याच शिवपुर टाइगर्सका उपेन्द्र पटेल घोषित भए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही, ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५...

सम्बन्धित खबर

- Advertisement -neelambads