search

व्यावहारिक शिक्षामा जोड दिनुपर्छ– अशोक बैद, डिपिएसको २०औं वार्षिकोत्सव सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ माघ । दिल्ली पब्लिक स्कूल वीरगंजको २०औं वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित विद्यालय परिसरमा आयोजित सभालाई वीरगंजका उद्योगपति अशोक बैदले वृक्ष्Fारोपण र पानसमा दियो बालेर उद्घाटन गरेका थिए ।
नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष एवं शालिमार समूहका अध्यक्ष्Fसमेत रहेका बैदले किताबी ज्ञानसँगसँगै व्यावहारिक ज्ञानलाईसमेत जोड दिंदै विद्यार्थीलाई शिक्ष्Fा दिनुपर्ने औंल्याए । उनले विश्वका विकसित राष्ट्रका शासकहरूले शिक्षामैं जोड दिंदा ती देशले छोटो समयमा फडको मारेको हुँदा संस्कार, शिक्ष्Fा, नैतिकता, मानवीयतालगायत विषयमा विद्यार्थीहरूलाई ज्ञान हस्तान्तरण गर्न जोड दिए ।
डिपिएस सञ्चालक समितिका अध्यक्ष भीखमचन्द अग्रवालको अध्यक्ष्Fतामा भएको कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगंजका सञ्जय कुमार, पत्रकार चन्द्रकिशोर, सिजी एजुकेशनका एकेडेमिक डाइरेक्टर भूषणचन्द्र गुरुङलगायतको सहभागिता थियो । कार्यक्रममा प्रिन्सिपल रञ्जीव आनन्दले स्वागत मन्तव्य व्यक्त गरेको निर्देशक शिवशङ्कर कुशवाहाले जानकारी गराए । २०५९ सालमा स्थापना भएको सो विद्यालयमा पिजीदेखि कक्ष्Fा १२ सम्म करीब ८०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads