search

मालपोत कार्यालय, पर्साको कामकाज सञ्चालन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ माघ । भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा दुई सातापछि आज आइतवारदेखि काम सञ्चालन भएको छ ।
यस अघिका प्रमुख मालपोत अधिकृत डमरू निरौलाको माघ १४ गते सरुवा भएको र उनी माघ २५ गते शुक्रवार यहाँबाट बिदा भई गएपछि नयाँ आएका हाकिमले आजदेखि कार्यभार सम्हालेका छन् । यस अघि दुई सातादेखि मालपोत कार्यालय, पर्साको काम प्रभावित भएको थियो ।
मालपोत तथा भूमिसुधारको प्रमुख एकैजना हुने हुँदा भूमिसुधारको काम पनि दुई सातादेखि ठप्पप्रायः थियो । अहिले आएका प्रमुख मालपोत अधिकृत अशोक भट्टराईले शाखा अधिकृत उदयप्रसाद देवकोटालाई सँगै लिएर आएका छन् । यस अघि मालपोतमा शाखा अधिकृत थिएनन् र उनको अनुपस्थितिमा प्रमुख नहुँदा कामहरू ठप्प हुने गरेको थियो । आज कार्यालय प्रमुखहरू भएको कारण मालपोतमा सेवाग्राहीको भीड लागेको थियो । दुई सातादेखि ठप्प रहेको काम आज शुरू हुँदा त्यहाँका कर्मचारीहरूलाई सेवाग्राहीहरूको भार थेग्न समस्या भएको थियो ।
प्रमुख मालपोत अधिकृत भट्टराईले आजदेखि सेवा नियमित भएको र विस्तारै सहज हुने बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads