search

spot_img
spot_img

नेपाल जनता पार्टी पर्साद्वारा जिल्ला प्रशासन र प्रहरी प्रमुखसँग भेटघाट तथा छलफल

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ फाल्गुन । नेपाल जनता पार्टी पर्सा जिल्ला समितिको अगुवाइमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रसँग भेटघाट तथा छलफल सम्पन्न भएको छ। भेटघाटका क्रममा जिल्लाको वर्तमान अवस्थाका साथै हिन्दू समाजमाथि भइरहेको दुष्प्रयासवारे गम्भीर छलफल गरिएको थियो। नेपाल जनता पार्टीको प्रतिनिधिमण्डलले प्रशासन र सुरक्षासँग सम्बन्धीत विभिन्न विषयमा आफ्नो धारणा राख्दै आवश्यक कदम चाल्न आग्रह गरेको छ। सो अवसरमा नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता संतोषाननद महाराज, केन्द्रीय संगठन महामन्त्री राजीनंद चौधरी, केन्द्रीय सदस्यहरू सुरेश साह कानू, बिनोद प्रसाद कुर्मी, पारस दुबेदी, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाध्यक्ष धीरज साह कानू, महामन्त्री नवीन मिश्र, जिल्ला कार्य समिति सदस्य प्रमोद शर्मा, अंशु कुमार प्रजापति, संतोष कुशवाहा, पीयूष गुप्ता, महिला मोर्चा पर्सा जिल्ला संयोजक संगीता गुप्ता, युवा मोर्चा वीरगंज नगर संयोजक दीपक सराफ लगायतको उपस्थिति रहेको थियो। जिल्ला प्रशासन कार्यालय पर्सा तथा जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेको नेपाल जनता पार्टीको टोलीले सीडीओ गणेश अर्याल र एसपी गौतम मिश्रलाई सम्मान समेत गरेको थियो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads