search

spot_img
spot_img

गोतामे स्वर्ण पदक पत्रकार बडुलाई प्रदान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ फागुन । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले यस वर्षको गोतामे पत्रकारिता स्वर्ण पदक दार्चुलाका पत्रकार मनोज बडुलाई प्रदान गरेको छ । पत्रकार मनोज बढु हाल कान्तिपुर दैनिक दार्चुलाका प्रतिनीधि हुन् । गोपालचन्द्र गौतम प्रतिष्ठानद्वारा शुक्रवार वीरगंज महानगरपालिका स्थित ज्येष्ठ नागरिक पार्क लक्षमनवामा एक कार्यक्रमको आयोजना गरी प्रदान गरीएको हो । कार्यक्रमका मुख्य अतिथी संविधानसभा सदस्य अनिलकुमार रूङ्गटाको आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथी रूङ्गटाले सम्मानपत्रका साथै एक तोला सुनको पदक पत्रकार मनोज बडुलाई प्रदान गरेका थिए । रूङ्गटाले पत्रकारिता समाजको दर्पण भएकाले आवाजविहीनको आवाज बनेर कार्य गर्ने एवम् समाजलाई सही दिशा देखाउने कार्यमा महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले प्रतिष्ठानले गर्दै आएको कामको प्रसंसा समेत गरेका थिए। आवश्यक परे जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सम्मानित पत्रकार बढुले आफुलाई गरिएको सम्मान क्रियाशील सञ्चारकर्मीहरूको सम्मान भएको बताए । प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रतिष्ठानका उपाध्यक्ष चन्दकिशोर, ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष श्याम पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा स्व. गोपालचन्द्र गौतमकी पत्नी सुधा गौतम, छोरा हिमालचन्द गौतम लगायतकोहरूको पनि उपस्थिति रहेको थियो । प्रतिष्ठानका सदस्य गोविन्द प्रताप श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads