search

spot_img
spot_img

कर्मचारी मिलन केन्द्र पर्साको अध्यक्षमा मल्लिक

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० फागुन । कर्मचारी मिलन केन्द्र पर्साको अध्यक्षमा प्रभाकरकुमार मल्लिक चयन भएका छन् । केन्द्रको शनिवार सम्पन्न वार्षिक साधारणसभा तथा अधिवेशनबाट पर्सा जिल्ला अदालतका श्रेस्तेदार मल्लिकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन भएको हो । उपाध्यक्षमा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव, महिला उपाध्यक्षमा नेपाल बीमा प्राधिकरण मधेश प्रादेशिक कार्यालय प्रमुख प्रिति देव ,सचिवमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपककुमार पटेल चयन भएका छन् । सहसचिवमा राष्ट्रिय समाचार समिति वीरगंज कार्यालयका प्रमुख हिमाल लम्साल,कोषाध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका कोष नियन्त्रक सन्तोषप्रसाद कुशवाह रहेका छन् । सदस्यमा यान्त्रिक व्यवस्थापन कार्यालयका पर्साका इन्जिनयर सुरेश प्रसाद, नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक रञ्जनकुमार केशरी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक अमृत बस्नेत, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत अन्जनी मण्डल, वीरगञ्ज महानगरपालिका इन्जियर राकेशप्रसाद साह र साल्ट टे«डिङ्ग कर्पाेरेसन लिमिटेडका सूचना अधिकारी सञ्जयकुमार गुप्ता रहेका छन् । त्यस्तै एक सदस्य भने पछि मनोनित गर्न बताइएको छ ।
केन्द्रको सल्लाहकारमा जिल्ला प्रमुख न्यायाधीश दिपक खनाल, न्यायाधीश उत्तम सिलवाल, आनन्द श्रेष्ठ, उपेन्द्रकेशर खनाल,रुद्र सुवेदी रहेका छन् । त्यस्तै केन्द्रको संरक्षकमा भने जिल्ला प्रशासन कार्यालयका प्रजिअ गणेश अर्याल रहेका छन् । पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश दिपक खनालले राष्ट्रसेवक कर्मचारी स्थायी सरकार भएकाले पनि रचनात्मक र सिर्जनशिल कार्य गर्न अनुरोध गरे । कर्मचारी मिलन केन्द्र,पर्साको अधिवेशनमा बोल्दै न्यायाधीश खनालले फरक–फरक जिल्लाबाट आएर कार्य गर्दै आएका राष्ट्रसेवक कर्मचारीलाई इमान्दारीपूर्वक कार्यसम्पादन गर्न आग्रह गरे । ‘फरक–फरक भूगोलबाट आएर कर्मचारीहरुले यहाँ काम गर्दै आइरहनु भएको छ’’ उनले भने,‘‘आफ्नो कार्यालयका सेवाग्राहीलाइृ ध्यान दिदैँ काम गर्न अनुरोध गर्दछु ।’’ न्यायाधीस खनालले कर्मचारी मिलन केन्द्रले पनि विभिन्न रचनात्मक कार्यक्रम गर्दै अघि बढ्नका लागि शुभकामना व्यक्त गरे । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पेशागत हकहितको साथसाथै आफ्नो जिम्मेवारी पनि प्रभावकारी ढंगले गर्न आग्रह गरे । ‘‘कार्यालयले सेवाग्राहीको सहज र सरल ढंगले काम गर्दै जनताको मन जित्ने गरी काम गर्न निर्देश गर्दछु,’’ उउनले भने,‘‘कर्मचारी मिलन केन्द्र जिल्ला भरि रहेका कर्मचारीहरुको साझा चौतारीको रुपमा अघि बढाउन जरुरी रहेको छ ।’
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सशस्त्र प्रहरी बाराद्वारा १० किलो लागुऔषध गाँजा बरामद

वीरगंज, २३ असोज । सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानबाट गाँजा तथा ४ लाख ३७ हजार रुपियाँँ मूल्य बराबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads