search

spot_img
spot_img

शिवरात्रीमा शिवालयमा मेला लगाउँने तयारी

पढ्न छुटाउनुभयो ?

वीरगंज,१० फागुन/ यही फागुन १४ गते परेको महाशिवरात्रिको अवसरमा विभिन्न् शिवालयमा मेला लगाउँने तयारी थालिएको छ । रौतहटको मौलापुरमा मधानी महोत्वसमा हरेकवर्षझै यस वर्ष पनि बलिवुड र भोजपुरी सिने जगतका विभिन्न कलाकार बोलाएर मेला भव्य रूपमा आयोजना गर्ने तयारी रहेको छ भने बारा,पर्सा र अन्य जिल्लामा समेत शिवालयमा मेला लागउने तयारी तिव्र पारिएको छ । कलैयाको सिद्धेश्वर मन्दिर,वीरगंजको अलखिया मन्दिर,पशुपतिनाथ मन्दिर,महुवनको पारसनाथ मन्दिरलगायत ठाउँमा पनि सरसफाई,रंगरोगन, मेला व्यवस्थापनलगायतको काम भइरहेको जनाइएको छ । वीरगंज–३० लालपर्सामा रहेको रामेश्वरनाथ महादेव मन्दिरमा समेत यसपाली दुर्ई दिने मेला आयोजना भइरहेको वडा अध्यक्ष मनोजकुमार यादवले जानकारी गराए । उनका अनुसार फागुन १४ गते दिन र रातमा सर्लाहीको रोशनी राजको नाच एवं फागुन १५ गते दिनमा कुस्ती आयोजना गर्न लागिएको बताए । मेला समितिका अध्यक्षमा विपिन यादव चयन भएका छन् भने कुस्तीको लागि वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । नाच र अन्य पूजापाठको लागि गाउँँसमाजबाट पनि चन्दा उठाइएको वडा अध्यक्ष यादवले स्पष्ट पारे । उनका अनुसार पछिल्लो समयमा शिवरात्रिको समयमा लालपर्साको शिवमन्दिरमा मेला आयोजना हुन थालेपछि श्रद्धालु एवं मेला हुर्न आउनेहरूको घुइचो लाग्ने गरेको समेत उनले बताए । यसैगरी,विन्दवासिनी गापा–ू२ बहुअर्वाभाठ्ठा स्थित पशुपति नाथ मन्दिरमा पनि यसवर्ष तीन दिन मेला आयोजना भइरहेको बताइएको छ । विगतमा शिवरात्रिकै दिन मात्र मेला लाग्ने गरेको मा गत वर्ष दुर्ई दिन मेला लाग्यो । तर यसवर्ष मेला समितिले तीन दिन मेला आयोजना गर्ने कार्यतालिका बनाएको मेला समितिका सचिव आयुषकुमार गुप्ताले जानकारी गराए । करिब ५ लाख खर्च अनुमान गरिएको सो मेलामा गाउँँपालिका र वडा कार्यालय जनप्रतिनिधि,स्थानीयहरूले सहयोग गरेको बताए । फागुन १४ गते झाँकी कार्यक्रम,१५ फागुनका दिन नाच र १६ गते कलाकारहरूको भर्जनकर्तिकलगायतको कार्यक्रम तय भएको उनले बताए । उनले कार्यक्रम सफल पार्न सबै गाउँँ एकजुट भएर लाग्ने समेत सुझाव दिए । बहुअर्वाभाट्टाको मेलाबाट स्थानीय पसले र बजारलाई समेत फाइदा पुग्ने एनले विश्वास व्यक्त गरे ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुक्खाग्रस्त सङ्कटलाई सम्बोधन गर्न कार्ययोजना कार्यान्वयनमा

वीरगञ्ज ११ साउन : जिल्ला विपद् व्यवस्थापन समितिले यहाँको खानेपानी र सिँचाइमा देखिएको सुक्खाग्रस्त सङ्कट समाधानका लागि अल्पकालीन र...

सम्बन्धित खबर

- Advertisement -neelambads