search

spot_img
spot_img

‘पत्रकारले सभ्य समाज निर्माणका पक्षमा कलम चलाउनुपर्ने’

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

बारा, १७ फागुनः मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पत्रकारले सभ्य समाज निर्माणका पक्षमा कलम चलाउनुपर्ने बताउनुभएको छ । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेसको पाँचौँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले पत्रकारले समाजमा सकारात्मक परिवर्तन ल्याउने गरी सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामुख मण्डलले सरकारले गरेका काम र आवाजविहीन नागरिकको आवाज सञ्चारमाध्यम र पत्रकार बन्नुपर्ने धारणा राख्नुभयो । उहाँले समाजमा परिवर्तन ल्याउने सन्र्दभमा पत्रकारको भूमिका जहिले पनि सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारिता नाफामुखी नभई समाजलाई परिवर्तनको दिशामा लान, विकृति, विसङ्गतिलाई चिर्दै सभ्य समाज निर्माणका लागि हुनुपर्ने उहाँको भनाइ छ ।
सभामुख मण्डलले सामाजिक सञ्जालसम्बन्धी विधेयक पत्रकारलाई नियन्त्रण गर्न नभई समाजमा विकृति, विसङ्गति फैल्याउँदै द्वन्द्वको अवस्था सृजना गर्ने प्रयोगकर्ताहरूका लागि ल्याइएको बताउँदै राज्यलाई अन्योल र भ्रममा राख्नेहरूका विरुद्धमा ल्याइएको उल्लेख गर्नुभयो ।
आज आयोजित उक्त साधारणसभामा फोनिजले चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । फोनिजले सञ्चारक्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार सत्यप्रसाद श्रेष्ठ र रीना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । साथै क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कारबाट लक्ष्मी चौधरी र डम्बर राईलाई पुरस्कृत गरेको फोनिजका मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरीले जानकारी दिनुभयो ।
फोनिजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष लक्की चौधरी, प्रदेशसभा सदस्य देवनारायण चौधरी, त्रिलोकी चौधरी, मञ्जु थापा मगर, नागरिक उन्मुक्ति पार्टीका मधेस प्रदेश अध्यक्ष रामचन्द्र चौधरी, नेपाल पत्रकार महासङ्घका लेखा संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारालगायत वक्ताले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

जनकपुर, २२ असोज : मधेस प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रस्तावित गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads