search

spot_img
spot_img

२ विघा सार्वजनिक जग्गा वीरगंज महानगरपालिकाले कब्जामुक्त ग-यो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ फागुन । वीरगंज महानगरपालिका वडा नं. ३१ वेल्वामा व्यक्तिले अवैध रूपमा कब्जा गरेको २ बिघा सार्वजनिक जग्गा महानगरपालिकाले आफ्नो अधिनमा ल्याएको छ।
महानगरको अतिक्रमण नियन्त्रण समितिले आइतवार सर्वेक्षण गरी उक्त अतिक्रमित जग्गा फिर्ता लिएको हो । यसअघि उच्च अदालत वीरगंजमा परेको रिटमा महानगरको पक्षमा फैसला आएपछि सार्वजनिक जग्गा कब्जामुक्त गर्ने बाटो खुलेको थियो ।
स्थानीय हसमुदिन अंसारीले सार्वजनिक जग्गा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नुहुँदैन भन्दै नैमुद्दिन अंसारी र बसरूद्दिन अंसारीविरूद्ध जाहेरी दिएका थिए। अदालतका न्यायाधीशद्वय मोहन राज भट्टराई र हरि प्रसाद पौडेलको संयुक्त इजलासले सार्वजनिक जग्गा कसैले पनि कब्जा गर्न नपाउने आदेश दिएको थियो।
यसै आधारमा आइतवार महानगरपालिकाले सर्वेक्षक टोलीसहित सार्वजनिक जग्गा छुट्याउने कार्य गरेको हो । महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत स्वार्थमा दुरूपयोग हुन नदिन महानगर प्रतिबद्ध रहेको बताउनुभयो।
महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले नापनक्सा गरी जग्गा चिन्हांकन गर्दै व्यक्तिको कब्जाबाट मुक्त गराएको वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो। महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि कडा कदम चाल्ने जनाएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

जनकपुर, २२ असोज : मधेस प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रस्तावित गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads