समाजसेवी साहले दुई छोरीको कन्यादान गरे

1200x150_1200x150-01.jpg (1)
वीरगंज, १८ फागुन । वीरगंज महानगरपालिका वडा नम्बर २६ स्थित सुगौली बस्ने समाजसेवी रामनरेश साहले वीरगंज–१७ अलौ कोनिया टोल निवासी गरीब असहाय जादोलाल बैठाको दुईवटा छोरीको कन्यादान गरेका छन् ।
दुर्ईटै छोरीहरूको विवाह शनिवार राति सम्पन्न भएको छ । उनले छोरीहरूको बिवाहमा लाग्ने सम्पूर्ण खर्चसमेत सहयोग गरेको बताइन्छ ।
छोरीका बुवा जादोलाल गरीब रहेको र एक छोरा र चार छोरी रहेकोमा अहिलेसम्म एक छोरीको मात्र बिहे गर्न सकेको स्थानीय ललन बैठाले बताए । यस्तो महंगीको बेला कोई सहारा नभएको बेला रामनरेश साह मेरा लागी भगवान साबित भएको उनले बताए ।
कन्यादानमा सहयोग गरी आफूले कुम्भ स्नान गरेको रामनरेश साहले बताए । कार्यक्रममा वीरगंज कपडा बैंक, दाइजो प्रथा एवं सामाजिक कुरीति विरूद्ध जागरण मंच, हेरिटेज पब्लिक कलेजले साहलाई कदरपत्रद्वारा सम्मानित गरेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सामाजिक अभियंता प्रकाश थारू, बृजेश्वर चाधरी, प्रकाश उपाध्याय, लालबाबू सिंह, कन्हैया पटेल, राज साह, मंगेश्वर यादव, सरोज चौधरी, शम्भु सह, अशोक साहलगायतले नवविवाहित जोडीलाई शुभकामना तथा आशिर्वाद प्रदान गरेका थिए ।

भर्खरै

सम्बन्धित पोस्टहरुः