search

spot_img
spot_img

दोस्रो वीरगंज गोल्डकप: सलेहस फुटबल क्लब सेमीफाइनलमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ फागुन । दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत आज भएको प्रतियोगितामा सलेहस फुटबल क्लब सिरहा सेमीफाइनलमा प्रवेश गरेको छ ।काठमाडौंको संकटा क्लबलाई टाईब्रेकरमा ६–४ गोल अन्तरले पराजित गर्दै सलेहसले अन्तिम चारमा स्थान सुरक्षित गर्याे। निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्दा खेल टाईब्रेकरमा पुगेको थियो। टाईब्रेकरमा सलेहसका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै संकटालाई पराजित गरे। प्रतियोगिताअन्तर्गत भोलीको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र बागमती क्लबबीच दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। राष्ट्रिय स्तरका आठ टोली सहभागी यस प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार १११ रुपियाँँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ५ लाख ५५ हजार ५५५ रुपियाँँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य प्रायोजक वीरगंज महानगरपालिका रहेको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

जनकपुर, २२ असोज : मधेस प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रस्तावित गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads