वीरगंज, २५ फागुन । डिभिजन वन कार्यालय पर्साको आयोजना र सुनरस कन्सलटेन्सी एण्ड टेडर्स प्रालि वीरगंजको सहयोगमा आज देखि वीरगंजमा तीन दिने वन व्यवस्थापन सम्बन्धी तालिम शुरु भएको छ । जिल्ला समन्वय समिति पर्साको सभाहलमा आयोजित ‘दिगो वन व्यवस्थापन एंव सम्बर्धन प्रणाली कार्यान्वयन सुदृढिकरण तालिम’ विषय तालिममा वनकर्मीहरुको क्षमता अभिवृद्धि गरी वन व्यवस्थापनमा टेवा पुग्ने विश्वास लिइएको छ । तालिमको उद्घाटन मधेशप्रदेशका वन निर्देशक जगरनाथप्रसाद जैसवालले गरेका थिए । मधेशका वन निर्देशक जगनाथप्रसाद जैसवालले वनजंगलको प्राकृतिक स्रोतको दिगोपनमा ध्यान दिन जरुरी रहेको बताए । ‘वनपैदावर प्राकृतिक स्रोत भएकाले पनि सबैले हातेमालो गरेर जोगाउन जरुरी भइसकेको छ,’ उनले भने ।
वन व्यवस्थापनमा वातावरणीय र आर्थिक पक्षलाई ध्यान दिनुपर्ने उद्घाटन समारोहमा सहभागी वक्ताहरुले बताएका छन् । वनलाई वातावरणीय र आर्थिक दुवै दृष्टिबाट हेर्नुपर्ने उनीहरुको जोड थियो । त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. राजेशकुमार राईले वन व्यवस्थापनको विषय वातावरणीय मात्रै नभएर आर्थिक पक्षलाई पनि ध्यान दिनुपर्ने बताए । ‘वन संरक्षणको कुरा गरेर मात्रै हुदैंन वनबाट स्थानीय जनता लाभान्वित भए कि भएनन् भन्ने पक्षलाई पनि ध्यान दिन जरुरी भइसकेको छ,’ उनले भने ,‘अबको दिनमा वन व्यवस्थापन पनि स्रोतको रुपमा प्रयोग गर्ने गरी गर्न जरुरी भइसकेको छ ।’
डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले पर्सामा साझेदारी र सामुदायिक वन मार्फत वन जंगलको संरक्षणमा दिगोपना खोज्दै आइरहेको जानकारी गराए । जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष पुरनकुमार कर्मीले वनजंगल एक÷व्यक्ति र संस्थाले मात्रै संरक्षण गर्न नसक्ने भएकाले पनि सामूहिक प्रतिवद्धताको कारणले मात्रै सम्भव हुने बताए । तीन दिन चल्ने तालिममा वन कार्यालयका वनकर्मी,साझेदारी वनका पदाधिकारी,सञ्चारकर्मी,राजनीतिक दलका अगुवालगायतको सहभागिता थियो ।

Facebook Comments Box