search

spot_img
spot_img

‘राजागंज’को वीरगंजमा प्रिमियर

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ फागुन । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ वीरगंजको क्यूएफएक्स सिनेमा हलमा प्रिमियर गरिएको छ । प्रिमियर कार्यक्रममा विभिन्न पेशाका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
फिल्मले मधेशी र पहाडी समुदायबीचको विभेद, सरकारी तथा प्रहरी प्रशासनमा मधेशी समुदायले भोग्नुपरेको भेदभावलाई कथा वस्तु बनाएको छ । साथै, पदमा रहेका ठूला नेताहरूले गरेका अपराध लुकाउने प्रयास र त्यसबाट समाजमा परेको असरलाई समेत चित्रण गरिएको छ । आठ वर्ष लामो अध्ययन तथा अनुसन्धानपछि तयार पारिएको ‘राजागंज’ फिल्मले एउटा मात्र विषयवस्तु नभई समाजका विभिन्न पाटाहरू उजागर गरेको छ ।
फिल्ममा तेश्रो लिङ्गी समुदायको सशक्त कथावस्तु समेटिएको छ भने छोराछोरीबीच कतिपय अभिभावकले गर्ने भेदभावपूर्ण व्यवहारलाई समेत आकर्षक रूपमा प्रस्तुत गरिएको छ ।
प्रिमियरमा अभिनेत्री आशा मगरातीको अभिनयको प्रशंसा
फिल्म हेरिसकेपछि सहभागीहरूले अभिनेत्री आशा मगरातीको खुलेर प्रशंसा गरेका थिए । उनले प्रहरी निरीक्षकको भूमिकामा दमदार अभिनय गरेकी छन् ।
विशेष गरी महिला भएर पनि ‘पूजा सर’ को भूमिका निभाएको भन्दै दर्शकहरूले तारिफ गरे । फिल्मले महिलाहरूलाई आँटिलो, जोशिलो र हिम्मतिलो बन्न प्रेरित गर्ने सन्देश दिएको सहभागीहरूको धारणा रहेको छ । फिल्ममा नेपाली, भाेजपुरी, हिन्दी समेत समेटिएकाले सबैकाे फिल्म भएकाे एक सहभागीले बताए ।
फिल्ममा आशा मगरातीसँगै दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
प्रिमियर कार्यक्रममा फिल्मका निर्देशक दीपक रौनियार, अभिनेत्री आशा मगराती, कलाकार घनश्याम मिश्र लगायत फिल्म टिमका सदस्यहरूको उपस्थिति रहेको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

ससुराली आएका राईले पत्नी, सासु, ससुरा र सालीको हत्या गरे

भोजपुर, २२ असारः शनिबार राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads