search

spot_img
spot_img

एसइई परीक्षा रौतहट र सर्लाहीबाट पाँचजना कारबाहीमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को पहिलो दिनमा रौतहटबाट दुईजना परीक्ष्Fार्थी पक्राउ परेका छन् भने सर्लाहीबाट तीनजना निरीक्ष्FFक निष्काशित भएका छन् । रौतहटमा सुरक्षा चेकजाँचका क्रममा ४२४ वटा मोबाइल फोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यमुनामाई गाउँँपालिका–५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय र झुन्खुन्वा परीक्षा केन्द्रमा एक परीक्षा निरीक्षकलाई परीक्षा हलमा मोबाइल भित्र पु-याउने आरोपमा पक्राउ गरिएको छ । मौलापुर नगरपालिका–५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्याउने आरोपमा अर्काे व्यक्ति पनि पक्राउ परेका छन् । दुवै व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन, र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। यसैगरी सर्लाहीमा दुर्ई परीक्षा केन्द्रबाट एक महिला सहित तीन जना निरीक्षकलाई निष्कासित गरिएको छ । शिक्षा समन्वय इकाई कार्यालय, सर्लाहीका अनुसार, बलरा नगरपालिका–४ स्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक रिनकु देवी र रामनारायण बैठा तथा हरिपुर्वा नगरपालिकाको केश्वर गरिब जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक बालुलाल रायलाई अमर्यादित क्रियाकलापमा संलग्न रहेको भन्दै कारबाई गरिएको हो । उनीहरू परीक्षार्थीहरूलाई चिट चोर्न सघाइरहेको अवस्थामा फेला परेपछि निष्कासन गरिएको कार्यालयले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही, ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५...

सम्बन्धित खबर

- Advertisement -neelambads