search

spot_img
spot_img

मुख्यमन्त्री सिंहद्वारा जनकपुरका होटल अनुगमन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

धनुषा, ११ चैत : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका होटलको अनुगमन गर्नुभएको छ । यहाँका केही होटलमा सफा, तथा स्वस्थ खाना उपलब्ध नहुने गुनासाका आधारमा मुख्यमन्त्री सिंहले आज होटल अनुगमन गर्नुभएको हो ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीसँगै मुख्यमन्त्री सिंहले जनकपुरधामस्थित होटल जानकी भ्यू, हंसराज स्वीट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गर्नुभयो ।
सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताउनुभयो । उहाँले होटल अनुगमनलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने जानकारी दिनुभयो ।
अनुगमनका क्रममा अधिकांश होटललाई मापदण्डअनुसार भान्सा कोठालाई सफा तथा व्यवस्थित राख्न निर्देशन दिइएको छ । साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहका अनुसार हंसराज स्वीटबाट उत्पादकको नाउँ, उत्पादन तथा म्याद गुज्रिने मिति नभएका ११ प्याकेट मम जफत गरी नष्ट गरिएको छ । न्यू जानकी भ्यू होटल र लक्ष्मी मिष्ठान्न भण्डारबाट अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर, ५ भाद्र/ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा...

सम्बन्धित खबर

- Advertisement -neelambads