वीरगंज १२ चैत । वीरगंज महानगरपालिकाको गहवा स्थित प्रसिद्ध ऐतिहासिक तथा धार्मिक श्री गहवा माई मन्दिरको दोस्रो डोली यात्रा यहि आउँदो चैत्र २३ गते शनिवार आयोजना गरिने भएको छ।
मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि माईस्थान संचालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले यस वर्षको चैते दशैंको अष्टमीको दिन यो डोली यात्रा हुन लागेको बताए। दिउँसो ४ बजे श्री गहवा माई मन्दिरको प्राङ्गणबाट निशानसहित शुरू हुने डोली यात्रा रोड नम्बर २ हुँदै विर्ता माई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, माईस्थान चोक परिक्रमा गरी पुनः गहवा माई मन्दिर प्राङ्गणमा समापन हुनेछ।
डोली यात्रा शुरू हुनुअघि दिउँसो २ बजे डोली तथा निशानको विशेष पूजा गरिने र सो दिन साझ ६.३० बजे आरती गरिने कार्यक्रम रहेको शाहले जानकारी दिए।
गत वर्षको प्रथम डोली यात्राको सफलतापछि यस वर्ष पनि भव्य रूपमा दोस्रो डोली यात्रा आयोजना गर्न लागिएको हो। गत वर्ष विभिन्न दाताहरूको सहयोग प्राप्त भएको र ६ सय ५० वटा गहवा माई अÍित निशान वितरण गरिएको थियो। यस वर्ष करिब १ हजार निशान वितरण गर्ने योजना रहेको आयोजकले जनाएको छ।
डोली यात्राको सहयोग स्वरूप गहवा माई अंकित निशान प्रति गोटा ३ सय ५ रुपियाँँमा उपलब्ध गराइने शाहले बताए।
पत्रकार सम्मेलनमा महासचिव विजय कुमार उपाध्याय, सचिव एवं प्रचारप्रसार समितिका कन्हैया लाल केशरी लगायतको उपस्थिति थियो। कार्यक्रममा आयोजकले गत वर्षझैं यस वर्ष पनि सबैको सक्रिय सहभागीता र सहयोगको अपेक्षा राखेका छन।