search

इमानदार कर्मचारीलाई सरकारले हटाएकोमा आक्रोश व्यक्त

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ फागुन । बहुजन शक्ति पार्टीका राष्ट्रिय अध्यक्ष विश्वेन्द्र पासवानले वर्तमान सरकार भ्रष्टाचार र माफियाहरूको नियन्त्रणमा रहेको आरोप लगाएका छन् । बुधवार वीरगंजको होटल सम्झनामा रिपोर्टर्स क्लब पर्साले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशभित्र विदेशी शक्तिहरूको चलखेल बढेको बताए । अध्यक्ष पासवानले इमानदार कर्मचारीहरूलाई हटाउने सरकारको नीति गलत भएको बताउँदै कुलमान घिसिङजस्ता इमानदार कर्मचारीलाई हटाएकोमा आक्रोश व्यक्त गरेका थिए । रिपोर्टर्स क्लब पर्साका अध्यक्ष कन्हैया गुप्ताको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा पार्टीका केन्द्रीय सचिव गणेश पासवानसहित अन्य नेताहरूको उपस्थिति रहेको थियो ।
Facebook Comments Box

ताजा खबर

करेन्ट लागेर रौतहटमा एकजना युवकको मृत्यु

वीरगंज , मंसिर - १० रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा माइकको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु...

सम्बन्धित खबर

- Advertisement -neelambads