search

spot_img
spot_img

शनिबार बिहान सात बजेसम्मका लागि कर्फ्यू समय थप

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, १५ चैत : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको कर्फ्यूको समय शनिबार बिहान सात बजेसम्मका लागि थप गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आज राती १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय भोलि बिहानसम्मका लागि थप गरिएको हो । काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।
बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कफर््यू क्षेत्र तोकिएको छ । त्यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

नेशनल इन्फोटेकद्वारा रक्तदान कार्यक्रम

वीरगंज २५ असार । नेशनल इन्फोटेक कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा १६९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका...

सम्बन्धित खबर

- Advertisement -neelambads