search

spot_img
spot_img

२२० ग्राम ब्राउनसुगरसहित चारजना भारतीय पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ चैत । ब्राउनसुगरसहित चार जना भारतीय नागरिकलाई वीरगंज महानगरपालिकाको शंकराचार्य गेटबाट प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमित चेकजाँच गर्ने क्रममा लागु औषध मुद्दामा सलंग्न रही वारदात पश्चात फरार प्रतिवादी भारत, विहार राज्य जिल्ला पुर्वी चम्पारण थाना रक्सौल वडा नं. १४ मौजे बस्ने वर्ष ३७ को कृष्णा कुमारको भारतीय नम्बरको कालो स्कार्पियो गाडीको पछाडीपट्टीको डिक्की भित्र कार्पेटले छोपी कालो रंगको प्लाष्टिकको झोलामा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ दुर्ई वटा पोका मध्ये एउटा पोकाभित्र १०० ग्राम र अर्काे पोकाभित्र १२० ग्राम गरी २२० ग्राम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सोही स्कार्पियोमा सवार भारत विहार राज्य जि. पूर्वी चम्पारण थाना रक्सौल वडा नं. १३ बस्ने वर्ष ३८ को सुधिर कुमार, रक्सौल वडा नं. १३ बस्ने वर्ष ४८ को अमित कुमार, रक्सौलकै सिसवा वडा नं. १ बस्ने वर्ष २७ को राजा कुमार (गाडी चालक)लाई पनि पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

भारत सरकारको सहयोगमा पर्सा, बारा, धनुषाका यी विद्यालयहरुलाई ४१ करोडको सहयोग

वीरगन्ज ६ साउन ।  भारत सरकारले बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेंगा साह माध्यमिक विद्यालयको पूर्वाधार विकासका लागि...

सम्बन्धित खबर

- Advertisement -neelambads