search

spot_img
spot_img

भलिबल प्रतियोगिताको उपाधि मिलन चोकलाई

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ चैत । डुमरवाना विकास मञ्चद्वारा आयोजित दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता अन्तर्गत सोमवार फाईनल खेल सम्पन्न भएको छ । जीतपुरसिमरा वडा नम्बर १३ को वडा कार्यालय खेल मैदानमा भएको फाइनल खेलमा मिलन चौकले निप्टा क्लब भीमफेदी–४, निवुवाटारलाई ३ सेटले हराउँदै विजयी भएको हो । विजेता टिम मिलन चौकले १ लाख नगद पुरस्कारसहित मेडल प्राप्त गरेको छ भने उपविजेता निप्टा क्लबले ५० हजार नगद र मेडल हात पारेको छ । खेलभरिका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू पनि पुरस्कृत भएका छन् । सरोज बर्देवा ‘बेस्ट प्लेयर’, नवीन महतो ‘बेस्ट स्पाइकर’ र मंजिल गुरूङ ‘बेस्ट लिफ्टर’ घोषित भए । मञ्चका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, वडा नम्बर १२, १३ र १५ का वडाध्यक्षहरूको सहभागीता रहेको थियो । आयोजक समितिका अध्यक्ष चौधरीले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता गरे ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

भीमसेन थापाका नीतिहरु आज पनि सान्दर्भिक छन् : सांसद ढकाल

गोरखा— बोर्लाङ, ९ साउन/ नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री तथा संघीय सांसद एकनाथ ढकालले राष्ट्रनिर्माता भीमसेन थापाका विचार र नीतिहरु...

सम्बन्धित खबर

- Advertisement -neelambads